0 COMMENTS

उर्लाबारी (मोरङ), २० भदौ०७४/मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा को ७ प २५५९ नंको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झना कोइराला, छोरा दुई वर्षीय असन कोइराला र को २५ प ५३५४ नंको मोटरसाइकलमा सवार धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएका हुन् ।

घाइते चारैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।