0 COMMENTS

काठमाडौं १८ भदौ २०७४/काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको हो ।

लिंगो गाड्ने चलन पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको पालादेखि शुरु भएको मानिन्छ ।केन्द्रीय मानन्धर संघको अगुवाइमा भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने चलन रहँदै आएको केन्द्रीय मानन्धर संघका सभापति गोपालकृष्ण मानन्धरले जानकारी दिए ।

आजैबाट ईन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु भएको छ ।एक सातासम्म चल्ने ईन्द्रजात्राको मूख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।

उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ ।यसैबीच इन्द्रजात्रा शुरु भएको अवसरमा केन्द्रीय मानन्धर संघअन्तर्गतको तखाछें खलःले पहिलो पटक ६४ जना कन्याको पूजा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।