0 COMMENTS

काठमाण्डाै१८भदाै ०७४/ उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा परे । मन्त्रालयका सचिव महेन्द्र गुरुङ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, नेपाल टेलिकमका पदाधिकारीलगायत माइतीघर मण्डलामा जम्मा भइसकेका थिए ।

मन्त्रालयले काठमाडौं उपत्यकाका सबै स्थानीय निकायलाई तार व्यवस्थित गर्न पत्राचार गरेको थियो। एक महिनाअघि पठाएको पत्र कार्यान्वयनमा नआएपछि मन्त्री आफैं सडकमा उत्रिएका हुन्।

सञ्चारमन्त्री बस्नेत प्राविधिक जनशक्ति सहित तार काट्न र मिलाउन निस्केका हुन्। उनको टोलीले आज बिहान माइतीघर-बबरमहल क्षेत्रका तार काट्ने र मिलाउने काम गरेको हो।

सञ्चार मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तार व्यवस्थित गर्न गत साउन ३२ गते पत्राचार गरेको थियो। सञ्चार मन्त्रालयको पत्रलगत्तै स्थानीय विकास मन्त्रालयले भदौ १२ गते महानगर र नगरपालिकालाई पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।