0 COMMENTS

काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ ।
महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आगामनमा समस्या परेको भन्दै उक्त अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले यो अभियान पहिलोचरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने बताउनुभयो । गत हप्तादेखि सुरु भएको यो अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न स्कुल तथा कलेजका विद्यार्थीले समेत साथ दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।