0 COMMENTS

काठमाडौं१७ भदौ ०७४/स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई पनि थप १ करोड अनुदान दिने बताएको छ । गाउँपालिका महासंघको प्रदेश नं. ३ र ४ का प्रतिनिधिसँग भएको भेटमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तह नयाँ संरचना भएकाले भवन निर्माणका लागि बजेट आवश्यक परेको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले थप बजेटबाट स्थानीय तहले भवन निर्माण र जग्गा खरिद गर्न सक्ने बताए । जनप्रतिनिधिका लागि सवारीसाधनको व्यवस्था गर्ने प्रक्रिया थाल्न कार्यदल गठन गरिएकोसमेत सचिव थपलियाले बताए । कार्यदलले एक हप्ताभित्र जनप्रतिनिधिलाई सवारीसाधन उपलब्ध गराउने कार्यविधि तयार पार्ने उनको भनाइ छ ।

हरेक स्थानीय तहमा एउटा डोजर
सचिव थपलियाले सबै स्थानीय तहलाई एक–एकवटा डोजर व्यवस्था गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए । डोजर उपलब्ध गराउनेबारे नीतिको मस्यौदा तयार भइरहेको उनले बताए ।

स्थानीय तहमा सडक सञ्जाल निर्माण र अन्य पूर्वाधार निर्माणमा प्रयोग गर्न डोजर दिने नीति बनाउन लागेको थपलियाकोे भनाइ छ । उनले प्रत्येक स्थानीय तहमा एकजनाका दरले आइटी इन्जिनियरसमेत खटाउने व्यवस्था मिलाउन लागिएको बताए । मुख्य सडकबाट स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक स्तरोन्नति गर्न पूरक बजेट ल्याउने पनि थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।