0 COMMENTS

रमिला बस्नेत ,उदयपुर,भदौ १६ / नेपाल प्रहरीको सई “हुँ” भनेर धम्कि दिदै उदयपुरको गाईघाटमा एक प्रहरी जवानले स्थानीय युवामाथि कुटपिट गरिएको छ । विहीबार राती ९ः३० बजेको समयमा जिल्लाको सदरमुकाम गाईघाटतर्फ आउँदै गरेका खोटाङ दिपुरुङ गाउँपालिका–५ छितापोखरी घर भई उदयपुरको सदरमुकाम गाईघाट बस्ने २० बर्षीय प्रदिप खड्कामाथि नगर प्रहरी कार्यालय गाईघाटमा कार्यरत प्रहरी जवान प्रकाश झाले कुटपिट गरेको हुन ।कुटपिटबाट खड्का गम्भिर घाईते भएकाछन् । उनी अहिलेसम्म बोल्न सकेका छैनन् । घाईते खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको विरामीका आफन्त दिपक बस्नेतले बताए । आफन्त बस्नेतका अनुसार वाहिरी घाउँ नदेखिएपनि भित्रि असर भएको डाक्टरको अनुमान छ । हाल घाईते खड्काले टाउँको उठाउन र बोल्न सकेको छैन् । हालसम्म आँखा समेत हेर्न नसकेको अफन्त बस्नेतले बताए ।

खड्का त्रियुगा नगरपालिका–२ स्थित कर्णदिप पशु तथा कृषि फारममा कार्यरत कर्मचारी हुन् । फारममा काम सकेर सदरमुकाम आउनेक्रममा गाईघाटको मेनचौकमा आईपुगेका खड्कालाई झाले एकाएक मादक पदार्थ सेवन गरेर अनावश्यक कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताए हुन ।हालसम्म घटनाको यथार्थविवरण खुल्न सकेको छैन् । घटना लगत्तै जिल्ला अस्पताल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मेघराज अधिकारीले भने घटनाको अनुसन्धान भईरहेको बताए । उनले छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।

नगर प्रहरी प्रमुख (सई) बुद्धी चेङ्माङले भने नगर प्रहरीबाट त्यस्तो केहि नभएको बताएका छन् । उनले प्रकाश झा नाम गरेको व्यक्ति आफ्नो कार्यालयमा नभएको पनि स्पष्ट पारेको छन् । तर चेकजाँचका क्रममा विवाद भएको भने उनले स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।