0 COMMENTS

कल्पना बोहरा भाद्र १६ अछाम /अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ । अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्सीय कार्य समिति गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्ष ललित कुमार केसी, महिला उपाध्यक्ष भारती नेपाली, सचिव शिवराज ढंगाना, खुल्ला सह–सचिव रमेश रावत, महिला सह–सचिव सिता ठकुल्ला, कोषाध्यक्ष कल्पना वोहरा रहेका छन् । यस्तै सदस्यमा ७ जनालाई चयन गरेको छ ।

यस्तै भेलाले अछामका दशवटै स्थानीय तह, अछाम उद्योग वाणिज्य संघ, वैद्यनाथ क्षेत्र विकास संस्था,अछाम सार्वजनिक यातायात समिति, तितौडा पर्यटन विकास समिति समेटेर सल्लाहकार समिति गठन गरेको छ । अछाम जिल्लामा रहेका पर्यटकीय स्थल खप्तड, रामारोश, वैद्यनाथ क्षेत्र, विनायक –पञ्चदेवल तितौडा क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्य रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै अछामललाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको शाहीले बताउनुभयो । उहाँले अछामा पर्यटन क्षेत्रमा क्रियाशिल संघ संस्थासँग समन्वय गरेर अघि बढ्ने पनि बताउनुभयो ।

प्रचार प्रसारको अभावमा रहेका पर्यटकीय स्थलको राष्ट्रिय तथा अन्र्तरराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने वरिष्ठ उपाध्यक्ष ललित कुमार केसीले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको माध्यमबाट आयआर्जनसँगै स्वरोजगार बनाउने उद्देश्य रहेको पनि बताउनुभयो । पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ पाउने निजी क्षेत्र, व्यवसायीहरूसँग छलफल गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।