0 COMMENTS

गौर१६भदाै०७४/ पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताएका छन्।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन, बाढी पीडितलाई राहत वितरण र बाढी पीडितहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकार र पार्टी गम्भीरतापूर्वक लाग्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले रौतहट लगायतका जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने बताए।

बिहीबार अपरान्ह अध्यक्ष प्रचण्डले रौतहटकै गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री बितरण गरेका छन्।

सहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष प्रचण्डले राहत सामग्री बितरण गरेका हुन्। । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पूनस्र्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिए।

दिनभर सक्रिय भएर दैनिक तराई क्षेत्रमा खटेका प्रचण्डको चुनाव राजनीति प्रष्ट देखिन्छ । यद्यपी अन्य दलका शीर्ष नेता मैदानमा पुग्न नसकिरहेबा बेला प्रचण्डको तराई यात्रा फलदायी हुने देखिएको छ । उनी केही दिनयता चुनावी प्रचार र राहतका लागि दुई नम्बर प्रदेशमा सक्रिय छन् । osnepal

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।