0 COMMENTS

काठमाडौं १६ भदाै०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सदैव सरकारमा सहभागी भएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
एउटै पार्टीमा हुँदा कमल थापामात्र मन्त्री बन्दै सरकारमा जाने गरेको भन्दै आलोचना गर्ने नेताहरु पार्टी फुटाएर आफै मन्त्री भएर सरकारमा जाने तयारीमा लागेका हुन्. ।

देशमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

सरकारमा सहभागी हुँदा र मन्त्री बनाउदा प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ । कमल थापा नेतृत्वको राप्रपासँग वैचारिक असहमति राख्दै गएको साउन २२ गते शपुपति शम्शेर राणा नतेृत्वमा राप्रपा प्रजातान्त्रिक अलग भएको हो ।प्रजातान्त्रिक पार्टीले गएको हप्ता मात्र दल दर्ता गरेको थियो । ऊ सँग १८ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।