0 COMMENTS

मोटोपन धेरै रोगको कारक मानिन्छ । कुनै लगानी नगरी प्राकृतिक रूपमा प्रभावकारी तरिकाबाट तौल घटाउने माध्यम हो योग । योगका विभिन्न आसनले शरीरको मोटोपना घटाएर मानिसलाई सधैं जवान र फूर्तिलो बनाउँछ । त्यस्ता केही उपयोगी योगासन यहाँ प्रस्तुत गरिएको छ ।
सर्वांगासनः-

भुइँमा उत्तानो परेर सुत्नुपर्छ र क्रमशः विस्तारै दुवै गोडा माथितिर उठाउँदै पूरा उठाउनुपर्छ र पछाडिबाट कम्मरमा दुवै हातले समाएर गोडा सीधै राख्न सहयोग गर्नुपर्छ । यसरी गोडा ९० डिग्री सीधा भइसकेपछि आँखा बन्द राख्नुपर्छ । सुरुमा श्वास तानेर गोडा माथि गर्ने र गोडा सीधा भएपछि सामान्य श्वासप्रश्वासमा बस्ने । यो आसन सुरुमा एक मिनेट दुई मिनेट गर्दै आधा घन्टासम्म पनि बस्न सकिन्छ । यो आसन गर्नासाथ शवासनमा केही समय बस्नुपर्नेछ । यो आसनबाट फर्किंदा विस्तारै विस्तारै फर्कनुपर्छ ।
फाइदाहरूः-
यो आसनबाट थाइराइड तथा पिट्युटरी ग्रन्थीहरू सक्रिय हुने हुँदा शरीरका अन्य समस्या समाधान भई शरीरको उचाइ बढ्ने गर्छ । यो आसनबाट मधुमेह, नपुंसकता, महिनावारी समस्या आदिमा फाइदा गर्नेछ । यसले खोकी, टन्सिल, अल्काई नाक, घाँटीसम्बन्धी समस्यामा पनि फाइदा पुर्‍याउनेछ ।
यो आसनबाट मानसिक शान्ति भई तनाव र डरत्रासबाट मुक्ति मिल्नेछ ।
रक्तसञ्चार सुचारु भई मस्तिष्क सक्रिय, प्रभावकारी भई स्मरणशक्ति बढ्नेछ ।
पाचन, प्रजनन, स्नायु प्रणाली तथा अन्तस्रावी ग्रन्थीहरू समेतमा लाभ पुर्‍याउनेछ ।
उष्ट्रासन Ustrasanaः-


बज्रासनमा बसेर श्वास तान्दै सुरुमा दायाँ हातले पछाडि लगेर दायाँ गोडाको कुर्कुच्चा समाउने र त्यसपछि बायाँ हातले बायाँ गोडाको कुर्कुच्चा समाउने । पेटलाई सकेसम्म माथि उठाई टाउको पछाडि लैजाने गर्नुपर्छ । आसनमा बसेपछि श्वासप्रश्वास सामान्य गर्ने । केही समय आसनमा बसेपछि बिस्तारै फर्केर पुरानो सामान्य अवस्थामा आउने । यो आसन आफ्नो शारीरिक क्षमताअनुसार पाँचदेखि १० मिनेटसम्म बस्न सकिन्छ । लामो समय एउटै आसनमा बस्न गाह्रो भए पुनः अर्कोपटक पनि गर्न सकिन्छ ।
फाइदाः-
यो आसनले कम्मर, फोक्सो, दम आदिका रोगमा फाइदा पुर्‍याउनेछ ।
थाइराइडका लागि यो आसन अति उपयोगी मानिन्छ ।
यो आसनले मेरुदण्ड लचिलो र स्वस्थ बनाउने गर्छ ।
टन्सिल, आवाजमा समस्या तथा टाउको दुख्ने समस्यामा पनि यसले फाइदा पुर्‍याउँछ ।
महिलाको वक्षस्थल एवं अनुहारमा चमक ल्याउनेछ ।
यो आसन नियमित गरेमा महिलामा यौवन एवं फूर्तिलोपन देखिनेछ ।

ताडासन TADASANAः

सीधा भएर उभिने र विस्तारै श्वास तान्दै दुवै हात टाउकोमाथि तानेर लैजाँदै गर्दा गोडाका भागहरू पनि जमिनबाट माथि उठाउँदै गोडाका औंलाहरूले मात्र टेक्ने । दुवै हात टाउकोमाथि लगेर सम्पूर्ण शरीर तनक्क तन्काउने । श्वास आफ्नो शरीरको क्षमताअनुसार रोक्ने र गाह्रो भएपछि सामान्य श्वासप्रश्वास गर्ने र केही समय आसनमा बसिरहने गर्नुपर्छ र पुनः दुई तीनपटक थप पनि गर्न सकिन्छ।
फाइदाः
यो आसनमा शरीरका सम्पूर्ण अंग तन्कने भएकाले फोक्सो, कलेजो, मुटुलगायत अन्य महत्वपूर्ण अंगहरू सक्रिय भई स्वस्थ हुनेछ ।
उचाइ बढाउने यो मुख्य आसन हो ।
कब्जियत सम्बन्धी समस्यामा फाइदा पुग्नेछ ।
मांसपेशी तथा नसासम्बन्धी समस्यामा फाइदा पुग्नेछ ।
शारीरिक रूपमा तन्दुरुस्त बनाई सधैं जवान बनाइराख्ने गर्छ ।
महिलाको कम्मरको बोसो घटाएर स्लिम बनाई आकर्षक र सुन्दर बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।