0 COMMENTS

रमिला बस्नेत उदयपुर,भदौ १५ । उदयपुरको गाईघाटमा नेपाल टेलिकमले  निशुल्क प्रीपेड सीम बितरण गरेकाे छ । टेलिकमले उदयपुरलाई बाढी प्रभावित जिल्लाको रुपमा राखी निशुल्क सिमकार्ड बितरण सुरु गरेको हो । देशमा अाएकाे भारी वर्षाले देशमा भएको धन जनकाे क्षति समेत भएको थियोे तेसैले यो बाट बाढी प्रभावित लाई राहत मिल्ने भएको हुदा यो अभियान थालिएको प्रमुख धर्मेन्द्र प्रसाद यादवले बताएका हुन।

नयाँ जिएसएम मोवाईलको सिमकार्डको साथै हराएको तथा नष्ट भएको सिमकार्ड निशुल्क रुपमा वितरण गर्न सुरु गरिएको टेलिकम गाईघाटका प्रमुख यादवले बताए । प्रमुख यादवले भने ‘निशुल्क सिमकार्डमा रु ५० को ब्यालेन्स र टेलिकमको नेटवर्क भित्र निशुल्क कल गर्ने सुविधा समेत उपलब्ध हुने छ ।’ यो योजना भदौ १४ देखि भदौ २६ गते सम्म रहने टेलिकम कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।