काठमाण्डाै१५भदाै ०७४/ संरक्षित वन्यजन्तु गौरीगाईको सिङ सहित तस्करी पक्राउ । काठमाण्डौ महानगर पालीका वडा नं.-३२ नरेफाँट गणनायक मार्गबाट संरक्षित वन्यजन्तु गौरीगाईको सिङ थान-१ (एक) खरिद बिक्री गर्न भनि ओसार पसार गरी ल्याएको अवस्थामा ओखलढुंगा साविक सिंहदेवी गा.बि.स. – ४ हाल लिखु गाँउपालिका वडा नं. – ४ वरामदी बस्ने २८ बर्षीय सुबास सुवेदी लाइ केन्द्रीय अनुसन्धान ब्यूरोकाे टाेलीले गौरीगाईको सिङ थान-१ (एक) तौल २ के.जी. फेदको गोलाई १ फिट ५ ईन्च टुप्पोको गोलाई ४ ईन्च लम्बाई २ फिट १ ईन्च सहीत पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तीसार काठमाण्डौमा बुझाईएको छ ।
दण्ड सजाय : संरक्षित वन्यजन्तु गौरीगाई मार्ने तथा गैरकानुनी रूपमा यसका अंगहरू खरिदबिक्री, ओसार पोसार, एवं तस्करी गर्नेलाई पाँच लाख रुपैँयादेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।