0 COMMENTS

काठमाण्डाै१५भदाै०७४/  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार साँझ टोखाबाट २२ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले सुनसहित पेम्बा शेर्पालगायत ७ जनालाई पक्राउ गरेको छ । तर, २२ किलोमध्ये प्रहरीले १५ किलो सुन मात्र हात पारेको जनाएको छ । ७ किलो सुन कता छ भने एकीन आएको छैन ।

ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरेर बरामद २२ किलो सुन पक्राउबारे जानकारी दिएको छ । चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन समातिएको हो ।

संगठित अपराधका रुपमा सुन तस्करी भएको सीआईबीको भनाइ छ । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन पक्राउ भएको करिब ६ महिनापछि ब्युरोले यतिका धेरै परिमाणको सुन पक्रेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।