0 COMMENTS

धनगढी, १४ भदौ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताउनुभयो ।

उक्त घटनामा सोधपुछका लागि बझाङ खेपारीका १४ वर्षीय किशोर उर्मादत्त पन्तलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।