0 COMMENTS

रमिला बस्नेत,उदयपुर भदौ १४ /जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी उपरीक्षक नवराज भट्काे अागम संगै लागुअाैषध प्रयोग कर्ता र त्यसका ब्यापारी भटाभट पक्राउ पर्न थालेकाछन् । उदयपुरले पछिल्लो एक सातामा ३६ जना लागूऔषध कारोबारीसहित ठुलो मात्रामा लागूऔषध बरामद गरेको छ। बुधबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी भट्टले ३ जना लागूऔषध ओसारपसार गर्ने व्यापारी र ३३ जना सेवनकर्तालाई पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाएको जानकारी दिएका छन् ।

प्रहरीले व्यापारी र सेवनकर्तासँगै लागूऔषध लुपिजेसिक ८४ एम्पुल, इाईजेल्वाव ८३ एम्पुल, फेनरागन ८२ एम्पुल, नाईट्रोशन ट्यावलेट ११ गोटी, गाँजा ३८० ग्राम, नगद १६ हजार १६० रुपैँया र ओसारपसारमा प्रयोग भएको सवारीसाधन स.१.ह ७५६ नम्बरको अटोरिक्सा १ वटा वरामद गरिको जनाएको छ। पक्राउ परेकाहरुलाई प्रहरीले १४ वटा मुद्धा दर्ता गरेको जनाएको छ। पक्राउ परेका सबैजनालाई प्रहरीले अन्य कुनै सूचनाभन्दा पनि नियमित चेकजाँचकाक्रममा सदरमुकाम प्रवेश गर्ने मुख्य नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको एसपी भट्टले जानकारी दिए।

प्रहरीले भदौ ४ गते त्रियुगा नगरपालिका ६ जलजलेका अर्जुन विक, ५ गते त्रिनपा-३ का उपेन्द्र साह, ७ गते त्रिनपा-४ वगाहाका आनन्द कार्की, १० गते त्रिनपा ११ शिवालयटोलका दिवस राई र १२ गते त्रिनपा ६ लालपत्ताका सुजिन्द्र राई, त्रिनपा १२ का मोतवुल मोहमद मजेवुल महमद लगायतलाई पक्राउ गरिएको जानकारी दिएका हुन ।दुई साता अघि मात्र उदयपुर सरुवा भई भएका एसपी भट्टले लागूऔषध कारोवारी र सेवनकर्ता न्युनिकरणका लागि विशेष योजना बनाएर लागि परेको बताए। उनले भने, ‘उदयपुरमा यस्तो भयाभ छ जस्तो लागेको थिएन्, सोचेभन्दा बढि मात्रामा पक्राउ परिरहेका छन्।’उनले भने, ‘नियन्त्रणका लागि अहिले एउटा मात्र नाका त्रिनपा ६ लालपत्ता त्यसमा पनि चेकजाँचलाई मात्र तिव्रता दिएको छ, कहीबाट थप सूचना प्राप्त भएको छैन्, अवस्था हेर्दा अन्य नाका पनि कडाई गर्नु पर्ने देखिन्छ।’

उनले सबै क्षेत्रको साथसहयोगबाट मात्र लागूऔषध नियन्त्रण हुने भन्दै लगत्तै जनचेतनामुलक कार्यक्रम सञ्चालन, व्यापारीलाई कानुनी कारवाही र सेवनकर्तालाई कारबाही भन्दा पनि सुधारगृह स्थापना गरी परामर्श आवश्यक रहेको एसपी भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।