0 COMMENTS

बनेपा, १३ भदौ०७४/ बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताउनुभयो ।

यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको अवस्थामा छ उहाँले भन्नुभयो । स्थानीय बासिन्दा मकैबारीमा जाँदा सो लास देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।