0 COMMENTS

काठमाण्डाै १३भदाै०७४ /नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सहमतिको प्रयास भन्दै लामो समय खर्चिएकोले नेतृत्व चयनमा ढिलाई भएको छ। सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्सीय कार्यसमिती चयन गर्दैछ । अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन भने उपाध्यक्षमा सहिद बिष्णुदेब भट्टराईका भाइ बिजयदेब भट्टराईले उम्मेदवारी दिएका छन ।

सिन्धुपाल्चोक पुर्खौलि घर भएका उनी हाल काठमाडौ चाबहिलमा बस्छन । भ्यालिको एक उदयमान क्रान्तिकारी योद्धा भट्टराई जनयुद्धका बखत सेनाको कब्जामा परि शारीरिक यातना भोगेका एक कुशल कमान्डर समेत हुन ।

प्रचारप्रसार गर्न त्यति नरुचाउने भट्टराइले हिजो उम्मेदवारी दिए पनी अझै कोहि सग भोटको अपिल समेत गरेका छैनन ! उनी भन्छन ” काम गरेर मन जित्ने हो नकि अनावश्यक नोट र शक्तिको बलमा भोट माग्ने हो । क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।