१२ भदौ , एजेन्सी – बलात्कारको आरोपमा जोडिएका सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई जेल सजाय सुनाइएको छ । जज जगदीप सिंहले सो रेप केसको प्रमुख राम रहीमलाई दोषी मान्दै दस बर्षको सजाए सुनाएका थिए । राम रहीमलाई आईपीसीको धारा 376 (रेप) र धारा 506 (अपराधिक धमकी दिएको ) अनुरुप सजाय सुनाइएको हो । यो सजायको बिरोध गर्दै उनले हाईकोर्टमा अपील गर्ने नि भनेका छन् ।
सुनुवाईको क्रममा राम रहीमको आखामा आशु आएको थियो । सुनुवाई हुनुभन्दा पहिला बाबाले जजको अगाडी आफु सामाजिक कार्यको गुणगान गर्दै भने कि मैले सधै समाजको भलाई र सुधारको लागि काम गरे । राम रहीमको वकिलले पनि उनको समाज प्रतिको भलाईको बारेमा कुरा राख्दै उनलाई एकदम कम सजायको माग गरेका थिए ।
राम रहीमलाई पंचकूला सीबीआईको जज जगदीप सिंहले सजाय सुनाए । यसको लागि रोहतक जेलमा अस्थायी कोर्ट लगाइएको थियो । जज जगदीप सिंहलाई पंचकूलादेखि हेलिकोप्टरद्वारा रोहतक ल्याएका थिए ।
स्मरण रहोस्, २५ अगस्टमा राम रहिमलाई साध्वीमाथि बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो । त्यसपछि हरियाणा–पंजाबसमेत पाँच राज्यमा डेरा समर्थकले हिंसा र आगजनी सुरु गरेका थिए । उक्त द्दटनामा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।