0 COMMENTS

काठमाडौँ ११ भदाै ०७४/साफ अन्डर १५ च्याम्पियनशीप फुटवलको आइतबार भएको फाइनल खेलमा नेपाल उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको फाइनल भारतसँग भएको खेलमा नेपाल २– १ ले पराजित भएकाे छ  ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । भारतीय टिमको दबाबमा नेपाल २– १ पराजित हुन पुगेको हो । दोस्रो हाफको ५९ औं मिनेटमा भारतले गोल गरी बराबरी बनाएको थियो । सब्सटिच्युडको रुपमा मैदान आएका लाल रोकिमाको गोलले बराबरी गरेको भारतले ७२ औं मिनेटमा अर्को गोल थपिए पछि नेपाल उपविजेता बन्न पुगेकाे हाे । खेलको ७५ औं मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेपछि भारतले २–१ ले अग्रता लिएको थियो ।

नेपालका लागी ब्रिजेस चौधरीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ४१ औँ मिनेटमा अग्रता दिलाएका थिए ।भारतीय डिफेन्डरले रन्जन पुनलाई डी एरियामा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।जसको सदुपयोग गर्दै चौधरीले नेपाललाई अग्रता दिलाएका थिए । उनको प्रहार दाहिनेतिरको पोस्टमा लागेर जाली चुम्न पुगेको थियो । यसअघि, समूह चरणको खेलमा भने नेपाल भारतसँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।