0 COMMENTS

काठमाडौं, ११ भदौ०७४/ केही दिन अगाडि नयाँ दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश र संसदीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ ।

दीपक बोहरा, सुनिलबहादुर थापा, बिक्रम पाण्डे, ध्रबबहादुर प्रधानसहितका एक नेताहरू आइतबार बिहान निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर दल दर्ताको निवेदन दिएको प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । ‘प्रदेश र केन्द्रीय संसदको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छौँ’, उहाँले भन्नुभयो ।

राप्रपा (प्रजातान्त्रिक)ले चुनाव चिन्ह ‘हलो’मा माग दावी गरेको छ । चुनाव चिन्हका विषयमा भदौ १९ गतेभित्र टुंगो लाग्न सक्ने प्रवक्ता गिरीले बताउनुभयो ।

राप्रपाबाट विभाजन भएर नयाँ दलको मान्यता पाएको राप्रपा (प्रजातान्त्रिक)ले अब आफ्नो ध्यान संगठन निर्माण र निर्वाचनप्रति केन्द्रित बनाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।