0 COMMENTS

रमिला बस्नेत ,उदयपुर,भदौ १० /उदयपुरको बेल्टार स्थित स्थानीय हाटबजारमा संकलीत रकम स्वतन्त्र बिध्यार्थी युनियन ले बाढी प्रभावित लाई वितरण गरेको छ ।
चौदण्डी गढी नगरपालिका मा अवस्थित नारद आदर्श र ज्योती नमुना क्याम्पसका स्वतन्त्र बिध्यार्थी युनियन को आयोजनामा बाढी पीडित हरुलाइ सहयोग गर्ने उद्देश्यले सङ्कलन गरेको रकम शनिबार एक कार्यक्रम विच बाढी प्रभावित लाई हस्तान्तरण गरिएको अभियान्ता सुरज बस्नेतले जानकारी दिएका छन् ।
चौदण्डी गढी नगरपालिका को वाड न ४ मा रहेको कालिखोला ले क्षति गरेको ठाउँ  र वाड न १० मा रहेकाे खहरे खोलाले कटान गरेको ठाउमा नियन्त्रण को लागि बितरण गरिएको बस्नेतले बताएका हुन । वाड नं चार मा बाढी प्रभावित स्थानिय बासी हरुलाइ वाड न ४ का वाड अध्यक्ष श्री चरण कुमार राईको आतिथ्य मा हस्तान्तरण गरिएकाे थियाे ।

यस्तै वडा नम्बर१० मा स्थानिय बासी हरु, चौदन्डी गढी नगरपालीका कि नवनिर्वाचित नगर उपप्रमुख रिता कुमारी चौधरी र वाड अध्यक्ष राम कुमार खड्काको उपस्थिती मा हस्तान्तरण गरिएकाे हो ।यस्तै राहत संङ्कलन मा सहयोग गरिदिनु हुने श्री नारद आदर्श क्याम्पस बर्खे डाडा, श्री ज्योती नमुना उच्च मा .बि. बेल्टार र CAS computer institute beltar (CAS )का बिध्यार्थी लाई बजार मा रकम संङ्कलन को क्रम मा खटेर सहयोग गर्नु भएको र यश दुखद घडीमा बिध्यार्थीले गरेको कामलाई नवनिर्वाचित उपमेयर चाैधरीले धन्यवाद समेत दिएकी थीइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।