0 COMMENTS
दीर्घराज प्रसाई

नेपालका माओवादीहरुलाई भारतमा नैं सुरक्षाकासाथ राखी तालीम दिएका र भारतको भरिया बन्न तयार भएको कुरा भारतीय गुप्तचर संस्था ‘रअ’ विश्वस्त भएपछि नेपालमा राजाबाट प्रधानमंत्री नपाएको रिसमा राजासँग मुरमर्रिरहेका कांग्रेसका गिरिजा र एमालेका माधव नेपाललाई ‘रअ’ बाट अनेकौं आश्वासन दिलाएर २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे संझौता गरेर नेपालीहरुका हात, पाखुरा काटेर नेपालको राष्ट्रियताका मूल्य र मान्यताहरु एकपछि अर्कोगर्दै सिध्याउने कुकर्महरु भए । यस्ता देशद्रोहीहरु अझसम्म शिर ढाडो पारेर हिडिरहेका छन् । १२ बुँदे संझौतामा भित्रभित्रै सक्रिय भएर व्यवस्था मिलाउनेहरु माओवादीका बाबुराम भट्टराई, कांग्रेसका कृष्ण सिटौला थिए । यसरी देशलाई भौडीमा हाल्नमा २०६२ सालमा १२ बुँदे संझौतामा हस्ताक्षर गर्ने र त्यसको समर्थन गर्नेहरु माओवादी, कांग्रेस, एमालेभित्रका देशद्रोही भ्रष्टहरु छानेर राष्ट्र विप्लवको अभियोगमा राज्यले कडा कारवाही गर्नसक्नु पर्छ ।

त्यसको साथै २०६३ सालमा राजासँग संझौता भई जनआन्दोलन बिसर्जन भएपछि राजा ज्ञानेन्द्रलाई धोका दिई विश्वको हिन्दु अधिराज्य–नेपाल र नेपालको विकल्प शक्तिको रुपमा स्थापित राजसंस्था हटाएर धर्मनिरपेक्ष, गणतन्त्र र संंघीयताको पक्षधरहरुलाई त्यसरी नैं जेलमा कोचेर कारवाही गर्ने र उनीहरुबाट लुटिएको राष्ट्रको सम्पत्ति तथा सत्ताको आडमा उनीहरुबाट भएका ब्याप्त भ्रष्टाचार र घोटालाहरुको छानवीन गरेर सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ । यसरी कारावही नगरेसम्म नेपाल जोगिन सक्तैन । संसारमा जहाँ पनि विदेशीहरुको इशारामा चलेका यस्ता अपराधीहरुलाई कडा कारवाही गर्ने गरिन्छ । यी देशद्रोहीहरुलाई भारत लगायत यूरोपका इसाई राष्ट्रहरुले यी गद्दारहरुलाई ठूलो टेवा दिइएको छ । तर यिनीहरुलाई जेलमा काचेपछि भारत लगायत कुनै विदेशीहरु चुइकक बोल्न सक्ने छैनन् ।

विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा नेपाल स्थापित थियो । नेपाल अन्यधर्म प्रति यहुदी र मुस्लिम राष्ट्रहरुमा जस्तो कहिले अनाक्रमक थिएन । राजदरबार अगाडि ठूल्ठूला मस्जिद्हरुको निर्माणमा यहाँका हिन्दु राजाहरुले स्वीकृती दिएर संरक्षण दिलाउनु यसको ताजा उदाहरण हो । भने नेपाली जनताको अभिमत बीना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन २०६३ सालपछिका सत्तासीनहरुले विदेशीको इशारामा सक्रिय बने । नेपाललाई धर्मनिरपेक्ष बनाउनेहरुले विश्वका ठूला राष्ट्रहरुको रवैया बुझ्न नचाहेर देशलाई अन्योलमा फसाउन खोजे । अमेरिकोको न्यायपालीकाले अमेरिकालाई क्रिस्चियन राष्ट्र घोषित गरेको छ । त्यसैले अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकका राष्ट्रपति संविधानको सपथ नलिएर बाइबलको सपथ लिन्छन् । एकहातमा बाइबल बोकेर तर अन्य राष्ट्रहरुमा धर्मनिरपेक्षताको वकालत गर्छन् ।

अमेरिका जस्तो महाशक्ति प्रजातान्त्रिक राष्ट्रमा राष्ट्रपति क्याथोलिक बाहेक क्रिश्चियन वा यहुदी बन्न पाउँदैन । अमेरिकाका चर्चहरु राजनीति र शिक्षामा रुची राख्छन् । विश्वमा क्रिस्चियन साम्राज्य स्थापित गर्नको लागि अमेरिका, बेलायत, यूरोपियन् देशहरु धर्म प्रचारमा अर्बौ डलर खर्च गर्न सक्रिय छन् । इस्लामिक राष्ट्र पाकिस्तानमा मुसलमान उमेद्वारलाई हिन्दुले भोट दिन पाउँदैन । त्यस्तै इस्लामिक राष्ट्रहरुमा हिन्दुहरुले शिवजी, देबीको फोटो राख्न पाउँदैनन् । साउदी अरबमा पहेलो गेरु–बस्र लाउन प्रतिवन्ध छ । विश्वमा एकमात्र यहुदी राष्ट्रको रुपमा इजरायल छ । विश्वका राष्ट्रहरुले आ–आफ्नो पहिचान बोकेर राष्ट्रवादी धार पक्रन चाहेपछि प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको सिफारिसमा दोस्रो विश्वयुद्धपछि इजरायल इहुदी राष्ट्र बनेको हो । तर यहुदी बाहेक इजरायलको नागरिकता अरुले लिन कठीन छ । यो इजरायलीहरुको राष्ट्रिय नियम हो ।

तर हामी हिन्दु तथा बौद्धहरु सबै धर्मप्रति सहअस्त्त्विको भावना राखेर आधार गर्छौं । नेपाल हिन्दु अधिराज्य रहँदा पराई धर्महरुप्रति कहिले नकारात्मक भएन । धर्मनिरपेक्ष राष्ट्रहरु भन्दा उदारताको मान्यता बोकेको राष्ट्र नेपाल हो । इजरायल संसारको एक मात्र यहुदी राष्ट्रको रुपमा घोषित भएपछि राजा महेन्द्रले पृथ्वीनारायण शाहबाट हिमवत.खण्डका थुपै्र हिन्दु राज्यहरुलाई एकीकरण गरेर स्थापित हिन्दु अधिराज्यलाई २०१९ सालको संविधानमा निरन्तरता मात्र दिएका हुन् । तर कतिपय पार्टीका नेताहरु हिन्दु अधिराज्यका प्रतिपादक राजा महेन्द्र नैं हुन् भनेर भ्रम सिर्जना गर्ने गरेका छन् । अर्कोतर्फ कतिपय पार्टीका नेताहरु ‘हिन्दु अधिराज्य नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छर्’ भन्छन् ।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का, तारानाथ रानाभाट, लक्ष्मण उपाध्यायहरु पनि ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनुपछर्’ भन्नु हुन्छ । तर नेपाल कहिले पनि हिन्दु राष्ट्र थिएन र होइन– नेपाल हिन्दु अधिराज्य नैं हो । यसैसन्दर्भमा २०६३ सालदेखि राजा महेन्द्रको वैचारिक आधार, संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको समर्थनगर्दै आफ्नो राजनीतिक पृष्ठभूमि बनाएका राप्रपा र राप्रपा–नेपालका सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्सेर राणा, प्रकाशचन्द्र लाहनी, कमल थापाहरु हुन् । तर उहाँहरु ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ’ भन्नु हुन्छ । सजिलोका लागि हामी सबै हिन्दु राष्ट्र भन्छौं तर वैधानिकताको आधारमा नेपाल हिन्दु अधिराज्य नैं हो । त्यसैले नेपालका सबै हिन्दु राष्ट्रवादी नेताहरुले नेपाललाई हिन्दु अधिराज्यनैं कायम राख्न अधियान चाल्नसक्नु पर्छ ।

दशबर्ष अगाडि फुटेको राप्रपा र राप्रपा–नेपाल अहिले जुटेको छ । यो स्वागतयोग्य कुरा हो । कमल थापाको नेतृत्वको राप्रपा–नेपाल संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यप्रति नेपाल अधिराज्यभरी आफ्रनो हैसियत कायम गरिसकेको पार्टी हो । अहिले राप्रपा र राप्रपा–नेपाल संयुक्त भएपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने भन्दै राजसंस्था बारेमा महाअधिवेसनले निर्णय गर्ने भन्ने कुराले सम्पूर्ण देशभक्तहरुलाई अन्योल सिर्जना गराएको छ । हिजो जुन विश्वासबाट राप्रपा–नेपाल चिनियो, त्यसैलाई बिर्सेर बाटो बदल्न खोजेकाले राष्ट्रवादीको रुपमा चिनिएको पार्टीले राजावादी, हिन्दुवादी जनतालाई न घर नघाटको ज्सतो बनाउन खोजेको छ । यस्तो अन्योल कसैबाट हुनु हुन्न । हामी अनुरोध गर्छौ कि राप्रपा तथा राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा एक भएर राप्रपा नेपालको शक्तिशाली राष्ट्रवादी पार्टीको रुपमा स्थापित हुनसक्नु पर्छ ।

नेपाल बचाउने हो भने नेपालको राजसंस्था र हिन्दु अधिराज्य कसैको लहडमा विस्थापित हुने र स्थापित हुने बिषय होइन । हामी मध्ये कसैको कुनै राजासँग असंतुष्ठि रहँदैमा राजसस्थाप्रति नैं नकारात्मक हुनु राम्रो होइन । यो हिसाबले यदि संयुक्त राप्रपाले हिन्दु राष्ट्र मात्र वकालत गर्ने कुरा गर्छ र राजसंस्था जस्तो राष्ट्रको सार्वभौमसत्ता, एकताको मेरुदण्ड जस्तो संस्थाको बारेमा महाअधिवेसनमा मात्र प्रस्ताव गर्ने प्रस्ताव गर्छ भने महाअधिवेसनमा बरु राजसंस्था बारेमा कुरा नउठाइयोस् । राजसंस्थाको बारेमा मौन बस्ने हो र राप्रपाले हिन्दु राष्ट्र मात्र मान्छ भने नेपालको सार्वभौमसत्ता समाप्त गराउँदै २०६३ सालपछि अनेकौं षडयन्त्र गरेर यो देवभूमि हिन्दु स्थललाई समाप्त गर्न भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ र इयूले चाहेकै बाटो लिने हो भने गणतन्त्र, धर्मनिरपेक्षको बाटो लिनु नैं एकीकृत राप्रपाको लागि राम्रो हुन्छ ।

यसोभएमा हामी नेपालीहरु अन्यौलमा नपरी नेपालका हामी राष्ट्रवादी जनता सक्रिय भएर विश्वको एक मात्र हिन्दु अधिराज्य र हिन्दु तथा बौद्धहरुको टेवाको रुपमा स्थापित राजसंस्था स्थापित गरी छाड्ने छौं । यो सत्य हो कि नेपालको राजसंस्था र हिन्दु अधिराज्यबीचमा अन्यान्यास्रित संवन्ध छ । यी दुईलाई फरक गरेर नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्व कायम हुन सक्तैन । धर्मनिरपेक्षता, गणतन्त्र र जातीय–संघीयताबाट यो देश बच्न सक्तैन । यो नेपाली जनताको नारा होइन । बिदेशीले उप्साएका भरमा कांग्रेस, एमाले र माओवादीका नेतृत्वतहमा रहेका केही दलालहरुको कारण हाम्रा पहिचानहरु समाप्त पार्न खोजिएको छ ।

राष्ट्रियता भन्ने कुरा अर्कोले वा कुनै दलालले बचाउने होइन, आफैले बचाउन सक्नुपर्दछ । सँधै यो कालो परिस्थिति रहिरहँदैन । नेपालका राष्ट्रवादी जनता सक्रिय भएर विश्वको एक मात्र हिन्दु अधिराज्य र हिन्दु तथा बौद्धहरुको टेवाको रुपमा स्थापित राजसंस्था स्थापित गरी छाड्नेछन् । यो सत्य हो कि नेपालको राजसंस्था र हिन्दु अधिराज्यबीचमा अन्यान्यास्रित संवन्ध छ । यी दुईलाई फरक गरेर नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्व कायम हुन सक्तैन । धर्मनिरपेक्षता, गणतन्त्र र जातीय–संघीयताबाट यो देश बच्न सक्तैन । राजाको अनुपस्थितिमा नेपाल भन्ने देश रहदैन । राजा र जनताको संयुक्त प्रयासमा बनेको देश हो– नेपाल । राजसंस्था भनेको नेपालको राष्ट्रियताको मरुदण्ड हो, चीन र भारत बिचकोे स्थायित्वको विश्वासिलो खम्बा हो । आतंकवाद, राष्ट्रघात, अधिनायकवाद तथा साम्यवादी व्यवस्थाको प्रतिकुल रचनात्मक प्रजातान्त्रिक राष्ट्रवादको स्थायित्वको आधार स्तम्भ भनेको नेपालको राजसंस्था हो ।

नेपाल गणतन्त्र भएमा चीन र भारत दुबै राष्ट्रको लागि पनि खतरा छ । तर कांग्रेस, एमालेका केही कुपुतहरु र केही माओवादी नेताहरु भारतको स्वार्थमा लागेर भारतकै इशारामा राजसंस्थाको बिरद्ध लागेकाले राजसंस्था विवादमा पर्न गएको हो । नेपालको राजसंस्था भनेको सम्राज्यवादी शक्तिसँग भिडेर आएको जनताको सहयात्री हो । त्यसैले चीनका महान नेता माओत्सेतुङ्ग लगायत चीनियाहरु नेपाल र चीनको सुरक्षाको लागि नेपालको राजसंस्थाको समर्थन गर्छन् । भारतका प्रधानमंत्री नेहरले पनि नेपाल भारतमा गाब्न खोजेका थिए । तर उनलाई पनि थाहा थियो कि नेपाललाई छोइयो भने भारत पनि ध्वस्त हुनेछ । सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ ।

हामी संस्कृतिका धनी छौं । हामी नेपालमा पचासौं मात्री भाषा बोल्दछौं, यी संम्पूर्ण मात्रृ भाषाहरुलाई जीवित राख्न सम्पर्क भाषाको रुपमा नेपाली भाषा सबै जातिको साझा राष्ट्रभाषाको रुपमा स्थापित भएको छ भने नेपाल हिन्दु अधिराज्यको रुपमा कहलिएता पनि विश्वका क्रिस्चियन, मुस्लिम, यहदी राज्यहरु भन्दा धार्मिक मामलामा नेपाल धेरै उदार छ । अतः पथभ्रष्ट माओवादी, कांग्रेस, एमालेका गद्दार नेताहरुका लागु गर्न खोजिएको धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता जस्ता विखण्डनकारी रोगलाई समर्थन गरेर हिड्न सकिदैन । २०६३ पछि राजा विस्थापित गर्न खोजेका बेलादेखि अहिलेसम्म देश डुब्ने स्थितिमा पु¥याइएको छ । अतः नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्वको लाथि राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत राखी संसारमा हिजोको झै शिर ठाडो गरेर उभिन हामी सम्पूर्ण देशभक्तहरु सक्रिय बनौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।