पराधिनताको दमनमा निस्सासिएर ,
निदाएका राष्ट्रहरु !
अत्याचारी कोरा( korra )को मार ,
शरीरले थाम्नै नसक्ने भएपछि ,
गुलामिको जन्जिर छिनाउदै ,
अन्याय र अत्याचारको बिरुद्धमा ,
जुरुक्क उठेको बिहानीलाई सम्झदै ,
बिश्वका धेरै राष्ट्रहरू ,
स्वतन्त्रता दिबस मनाउदा रहेछन ।
पराधिनता नभोगेको मेरो देश ,
अरुले गुलामिमा भोगेका ,
पिडाका शुष्केराहरुको ,
रक्त रन्जित इतिहास पढेर ,
कहिले काहीं ,
आफैमा झस्किदो रहेछ ।
तर ,
स्वतन्त्र इतिहासको सोमरसले ,
सधै लठ्ठ मेरो देश ,
पुर्खाहरुको साहासको च्यादरले ,
लाज छोप्तै ,
आफै भित्र मस्किदो रहेछ ।
सदिऔ देखि स्वतन्त्र,
मेरो देश ,
स्वतन्त्रताको सहि अर्थ बुझाउने ,
क ख पढ्न उ जान्दैन ।
किन भने ,
अर्थ सहित स्वतन्त्रताको बर्णमाला घोक्न ,
उ पटक्कै मान्दैन ।
त्यसैले त होला ,
याहा ,
धेरै मान्छेहरु ,
स्वतन्त्रताको सार्बभौम अधिकार ,
प्रयोग गर्दै ,
सिटामोलको अभावमा ,
आफै मृत्यु वर्ण गरिरहेका हुन्छन ।
अनि ,
स्वतन्त्रता पुर्बक ,
आफ्नै भाग्य सङ ,
प्रत्यक दिन ,
डाको छोडेर रोइरहेका हुन्छन ।
तर ,
उसलाइ कसैले किन रोइस भनेर ,
कहिल्यै सोद्धैन ।
गुलामीको पिडा नभोगेको ,
मेरो आफ्नै देशले पनि ,
उ रुने कारण ,
कहिल्यै खोज्दैन ।
उ भन्छ ,
प्रत्यक जनता आफैमा सार्बभौम छ ,
अनि उ जन्मदै स्वतन्त्र छ ।
रुनु , हास्नु , कराउनु या मर्नु ,
प्रत्यक जनताको सार्बभौम अधिकार हो ।
अनि गर्बका साथ ,
टेबल ठोकतै भन्छ ,
जनताको सार्बभौम अधिकार हस्तछ्यप गर्नु ,
महापाप र धिक्कार हो ।
स्वतन्त्र मेरो देश ,
प्रशब बेदनाको पिडाले ,
मृत्यु वर्ण गर्ने आमाको पीडा सुनेर ,
उ कहिल्यै रोएकै छैन ।
किन भने ,
उ आफैले जन्मदा ,
गुलामिको प्रशब वेदना भोगेकै छैन ।
अनुभुती बिहिन स्वतन्त्रताको गर्भबाट जन्मेको ,
मेरो देशको सार्बभौम अस्तित्व ,
सरोकार र दायित्व देखि टाढा ,
अनि निरपेक्ष् ,
बुद्ध झै आफै ध्यान मग्न छ ।
गुलामी नभोगी हुर्केको ,
आफ्नो जवानीको बहादुरिता सम्झेर ,
उ आफैमा दङ्ग छ ।
स्वतन्त्रता दिबस नमनाए पनि ,
उ सधै स्वतन्त्र छ ।