काठमाडौं,९ भदौ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका रोनाल्डोले बाजी मारेका हुन् ।
वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए ।लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३÷१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो ।
रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे ।नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन् ।