0 COMMENTS
निर्माणाधिन मन्दिर

भक्तपुर, ७ भदौ०७४/ केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनबाट रु एक करोड ३ लाख ४० हजार ६०३ संकलन भएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित मन्दिरमा लागेको एक महिने मेलामा भक्तजन एवं दाताले चढाएको भेटी र दानबाट उक्त रकम संकलन भएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

विसं २०७२ वैशाख १२ को महाभूकम्पले मन्दिरमा क्षति पुर्याएपछि समितिले रु ५५ करोडको लागतमा गुरुयोजना तयार पारेर मन्दिर एवं विभिन्न संरचनाको निर्माण सुरु गरेको छ ।

सोह्रौैँ शताब्दीमा भूपतिन्द्र मल्लले निर्माण गराएको यो मन्दिर १९९० सालको भूकम्पमा क्षतिग्रस्त भएको बताउँदै उहाँले अब प्यागोडा शैलीमा मन्दिर निर्माण हुने जानकारी दिनुभयो । मेलाबाट संकलिन रकम मन्दिरको गुरुयोजनामा उल्लेख गरिएका विभिन्न संरचना निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।