0 COMMENTS

 रमिला बस्नेत ,उदयपुर भदौ ७ / उदयपुरको संयुक्त विद्यार्थी संगठनले बाढी प्रभावितलाई तपेश्वरीमा करिब एक लाखको राहत वितरण गरेकोे छ ।

देशमा अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिराेले जनधनको क्षति भएको थियोे । यस दुखत घडीमा विद्यार्थीले पनि हाेस्टेमा हैसे गर्नुपर्ने र मानवीय कार्यमा सबैको उत्तिकै भुमिका हुने भन्दै उदयपुरको तपेश्वरी लगाएतमा एक लाख बराबरको लत्ताकपडा, चामल नुन तेल अत्यावश्यक सामाग्री वितरण गरिएको अनेरास्ववियु त्रिजब क्याम्पस इन्चार्ज प्रवेश ठकुरीले जानकारी दिएका छन् । उदयपुर जिल्लामा क्रियाशील बिधार्थी संघ संगठनहरु (अनेरास्ववियु – प्रबेश ठकुरी,नेबि संघ – रोशन कार्की(स्वबियु सभापति), अखिल क्रान्तिकारी-गोपाल कट्टेल (जिल्ला संम्योजक) को संयुक्त पहलमा राहत संकलन गरी राहत बितरन गरिएको इन्चार्ज ठकुरीले बताएका हुन। बेलका नगरपालीका वडा न. २ गलफडिया प्रहरी चौकी मा निर्बाचित वडा प्रतिनिधि सहित राखेर राहत सामाग्री बेलका नगरपालीका वडा न. २ को बाढि पिडितलाई यो दुःखको क्षणमा थोरै भए पनि मल्हम लगाउने कोसिस गरेकोमा उदयपुरे संघ संगठनलाई वडा प्रतिनिधिहरुले विषेश धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।