0 COMMENTS

रमिला बस्नेत,उदयपुर,भदौ ६/महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घाेषण साथै नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गाउँमा महिलाले समुहमा अाफ्नाे  मनमा लागेकाे कुरा स्पस्ट राख्न नसक्ने, अाैपचारीक कार्यक्रमहरू ब्यवस्थीत संग चलाउन गाह्राे पर्नुका साथै अाफ्नाे हकहितका कुराहरू समेत निर्भीकताका साथ उठाउन नसकेको भन्दै सफलता महिला समुहको अायाेजनामा उक्त कार्यक्रम संञ्चालन गरीएकाे थीयाे।

कार्यक्रममा सहभागीहुनु भन्दा पहिले महिलाले अाफ्ना मनका कुराहरू समेत अभिब्यक्त गर्न नसक्ने गरेकोे तर कार्यक्रम पश्चात् तालीममा सहभागीहरू ले अाफ्ना कुराहरू अाैपचारीक कीसिमलेनै सरल तरीकाले समुह तथा कार्यक्रमहरूमा  अाफ्नाे कुराहरू  खुलेर राख्न सक्ने भएकाे र  अाफु भीत्रकाे डर त्रास हटेर गएको सहभागीले बताएका छन् ।

महिलाले अाफ्नाेमनका कुराहरू ब्यक्त नगरी अाफ्ना अावाजहरू लाइ मनभीत्रनै दवायर राख्नालेनै उनीहरू सधैंभरि पिछडिएका हुन कार्यक्रम संयाेजक रत्ना थापाले बताएकी छन् ।

कार्यक्रमकाे अवसरमा बाेल्दै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि संताेष सुबेदीले हजारौं अामा,बाबुको छाेरा छाेरीकाे रगत संग साटिएकाे अधिकार जसरी पनि लिएर नै छाेड्न महिला दिदिबहिनी लाई अाग्रह गरेका थीए । सफलता महिला समुह अध्यक्ष मनु कार्की प्रशिक्षक टम्पसेर राई ,चित्रकुमार कार्कीले समेत कार्यक्रम लाई प्रेरणादायी साथै जीवन उपयोगी कुराले जीवनमा केही गर्ने हिम्मत बढेकाे र अागामी दिनहरूमा  जुटेर समाज परिवर्तनमा लाग्ने महिलाहरूले सामुहिक प्रतिबद्धता जनाएका छन ।

विहिवार बाट सुरु भएको कार्यक्रम साेमबार सम्पन्न भएको हो । यस्तै सफलता महिला समुहकाे सभाहलमा संचालित कार्यक्रममा ३० जना महिला सहभागी रहेका थिए । उक्त कार्यक्रम लंक्षीत महिला वडा समितिको सहयोग र सफलता महिला समुहको अायाेजनामा संचालन भएको हो ।यस्तै कार्यक्रमकै अवसरमा बाेल्दै अध्यक्ष कार्कीले अागामी दिनहरूमा अझै जीवन उपयोगी तालिम संचालन गरिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।