0 COMMENTS

बनियानी (झापा), ५ भदौ०७४/ झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ ।

केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बाघ देखिने गरेको सूचना आएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘एक महिनादेखि त्यहाँको चिया बगानमा बाघ देखिएको खबर आएकाले अनुसन्धान गरिरहेका छौँ । चितुवा पनि बाघजस्तै देखिने भएकाले त्यो बाघ नभई चितुवा पनि हुनसक्छ ।”
रातको समयमा निस्केर वस्तुभाउ मार्ने र दिनको समयमा बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बस्ने गरेकाले यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी राम ढुंगेलले बताउनुभयो ।

सो क्षेत्रमा देखिएको बाघले क्षति गर्न थालेकाले वन कार्यालय, सीमा सुरक्षा बल, इलाका प्रहरी कार्यालयलगायतको टोलीले बाघ समाएर सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको गौरादह– ७ का वडा अध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।