0 COMMENTS

निराजन परियार,धनगढी,४ भदौ /सुचना दिने, लिने परिपाटीको बिकास भएमात्र काम कारवाही प्रभावकारी रुपमा अघि बढ्ने १० औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

‘नागरिकको सूचनाको अधिकार, लोकतन्त्रको आधार ’ भन्ने नाराका साथ आईतबार एफएमडिसी र जिल्ला प्रशासन कार्यालय कैलालीले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कैलाली जिल्लामा सुचनाका हकको सवालमा सन्तोष जनक अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सरकारी कार्यालयमा सुचना दिने र लिने परिपाटीको बिकास भएको बताउँदै सुचनाको हकले कानुन कार्यान्वयनका सवालमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सूचना हक राष्ट्रिय सञ्जालका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उमीद बागचन्दले सुचना केहो ? सुचनाका अधिकार केके हुन्छन ? सूचना कसरी लिन सकिन्छ ? दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराएका थिए। उहाँले सुचनाको हक सबैको अधिकार भएकोले यसलाई व्यवहारमा रुपमा कार्यान्वयन गर्न कार्यक्रमका सहभागि भएका कार्यालयका प्रमुख तथा सुचना अधिकारीलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै लामो समय देखि कैलाली जिल्लमा एफएमडिसीले सामुदायिक बनमा सुचनाको हक सम्बन्धी थालेको सफल प्रयासले जिल्ला वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत राजेन्द्र केसीले सुचनाको हक कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । अधिकृत केसीले सुचनाको हकको प्रभावकारी कार्यान्वयन, सामुदायिक बन मार्गदर्शन २०७१ सहितको परिमार्जनको प्रयोग गर्ने र यि तिनबुदाहरु थप्ने लिखित प्रतिबद्धता समेत जनाउनुभएको छ । अन्र्तक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी नाागरिक समाज,पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।