0 COMMENTS

बासुदेब सेढाई,बेसिशहर ,३ भदौ०७४/ नेत्र बिक्रम चन्द नेतृत्वको ने. क. पा. माअाेबादिले लमजुङको बेसिशहरमा एक कार्यक्रमकाे अायाेजना गरेको छ । राष्ट्रिय युबा जन स्वयम सेवक प्रथम जिल्ला भेला भनेर नाम दिईयकाे उक्त कार्यक्रम बेसिशहर स्थित शान्ति टाेल अामा समुहकाे भवनमा भयकाे थियाे ।

कार्यक्रममा संचारकर्मिलाई समेत भित्र पस्ने अनुमती दिएकाे थियन बाहिर गेटमा  ताला लगायर कार्यक्रम गरियकाे थियो । कार्यक्रम सुरुहुनु अगाडि भ्रष्टाचारि , दलाल , राष्ट्रघाति हरु हाेसियार भन्दै युबाहरुले बजारमा नाराबाजि गरेका थिय । देशमा चरम महंगि , भ्रष्टाचार बढेको, राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता , राष्ट्रिय एकता कमजाेर बनेकाे , गरिब सर्बहारा बर्गहरुकाे मुद्दा अाेझेलमा परेको त्यसको लागि याे संसदीय ब्याबस्थाकाे अन्त्य हुनुपर्ने भन्दै कार्यक्रमकाे अन्त्यमा  हाम्राे एकीकृत जनक्रान्ति अघि बढिरहेको छ भन्दै कार्यक्रम समापन पछि एक सदस्यले प्रतिक्रिया दिय । अन्य राजनीतिक दलभन्दा फरक धारबाट अघिबढिरहेकाे याे  पार्टीको अागामि नीति याेजना र कार्यक्रम कस्ता रहेका छन् अाम चासोको बिषय बनेको छ । कार्यक्रम ले नयाँ राष्ट्रिय युवा जनस्वयम सेवक कमिटी गठन गरेको बुझियकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।