0 COMMENTS

काठमाडौ ४,भाद्र०७४/बूढानीलकष्ठ नगरपालिकाकाे कार्यालयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र लगायतका राजनितिक दलका कार्यकर्ताहरूले तालाबन्धि गरेकाछन् ।मध्यरातमा नगरपालिकाका कर्मचारीकाे मीलाेमताेमा नेकपा एमालेका नेताहरूले अाफ्नै घरमा कर्मचारीहरू लगेर फाेटाेसहीतकाे मतदाता नामावली संकलनकाे कामगरेकाे अाराेपमा तालाबन्दि गरीएकाे बन्दकर्ताहरूकाे अाराेप छ ।

मतदाता नामावली संकलन गर्न अाएका कर्मचारीहरूले एमाले नगर अध्यक्ष दीपक निराैलाकाे अाफ्नाेघरमानै गएर २ बजेसम्म नामावली संकलन गरेकाे र नगरका खाश मतदाताहरूलाइ भने नियतबस समयकाे पावन्दि देखाएर छुटाउन खाेजेकाे भन्दै एमाले बाहेकका पार्टिका कार्यकर्ता लगायत स्थानीय बासीहरूले बिराेध प्रदर्शन गरेका थीए ।

निर्वाचन आयोगले साउन १६ देखी भाद्र ३ गते सम्म गरेको मतदाता नामावली संकलनमा कार्यालय बाहेक अन्य स्थानमा पनि गरिएको फेला परेपछी नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र स्थानीयहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेकाे कुरा  बताए।

स्थानीय एमाले  नेता तथा कार्यकर्ताले कर्मचारीलाइ समेत अाफुअनुकुल प्रयाेग गर्दै नामावली संकलन गराएकाे भन्दै अन्य राजनीतीक दलहरूले अाराेप लगाएका छन् ।तालाबन्दि संगै कांग्रेस र माअाेवादी केन्द्रका स्थानीय नेताहरूले यसअघि संकलन गरिएका मतदाता नामावली पुर्ण खारेज गर्दै पुनःमतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयसग मागराखेकाे छन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।