0 COMMENTS

रमिला बस्नेत, उदयपुर , भदौ ४/उदयपुरमा प्रहरी प्रमुख नवराज भट्ट सरूवा भइअाए सगै  लागु अाैषध ब्यापारी,प्रयाेगकर्ता तथा अपराधीक गतीबीधीमा संलग्नहुनेहरू भटाभट प्रहरीकाे नीयन्त्रणमा पर्नथालीसकेका छन । उदयपुरमा हुने अपराधीक गतीबीधी लाइ सुन्यमा झार्नका लागी दीलाे ज्यान पुर्बक लागी परेका प्रमुख नवराज भट्ट ले अाफु अाएकाे  दश दिनपुग्दा नपुग्दै  प्रहरीकाे निगरानी बढायकाछन  जसले गर्दा ३५ जना लागु औषध सेवन कर्ताहरू पक्राउ परी सकेका छन भने दुइ जनाकाे मुद्धा दर्ता गरीएको जिल्ला प्रहरी कार्यलय उदपुरले जनाएको छ । यस्तै ८ जनालाई म्याद थप गरी अनुसन्धान थालिएको छ भने म्याद थप नगरिकन २५ जना पक्राउमा परेका छन  ।

लागुऔषध प्रयोगकर्ता र व्यवसायीहरूबाट गाँजा ५ सय ग्राम, लुपिजेसिक ४ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेन ल्याप ३ एम्पुल, फोडविन १ एम्पुल, मोसा २ थान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरमा गत साउन २७ गते नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट सरुवा भइ आउनुभएको थियो । हाल उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।