0 COMMENTS

बासुदेब सेढाई,लमजुङ,भाद्र४/ हिन्दु नारीहरुकाे माहान चाड हरीतालिका ( तिज ) अाउन केहि दिन बाँकी हुदा लमजुङमा भने तिजकाे राैनकले छाेपेकाे छ । बजारमा तिजकाे लागि अाबस्यक पर्ने सामान किन्नकाे लागि महिलाहरुकाे चहलपहल बढेको छ ।विभिन्न संघ संस्था कार्यालय गाउँ टाेलमा दर खाने कार्यक्रम धमाधम चलिरहेको छ । झपक्क गरगहना लगाएर त्यै अनुसारका कपडामा सजियर छम् छम् नाचिरहेकाे दृश्यले लमजुङ अत्यन्तै रमाइलो बनेको छ गाउँ शहर टाेल टाेलमा महिला दिदिबहिनीहरु जमघट छ ।

प्रतेक बर्ष तिजकाे अबसरमा दर कार्यक्रम राख्ने गरेको जनचेतना अामा समूह मनाङ्गे चाैताराले यश बर्ष पनि दर कार्यक्रम अायाेजना गर्याे कार्यक्रममा अामा समुहका सम्पूर्ण सदस्य लगायत अन्य टाेलबासि महिलाहरुकाे समेत उपस्थिति थियोे । सम्पूर्ण महिला दिदिबहिनीहरु दर खादै नाचगानमा ब्यस्त देखिन्थे । नेपाली माैलिक चाडपर्व रितिरिभाज संकृति परम्पराकाे संरक्षण गर्नुपर्ने तर चाडपर्व लाई बिकृति बिसंगति मुक्त बनाउनुपर्ने कुरामा जाेड दिनुहुन्छ अामा समुहका सदस्यहरु । बर्षदिनकाे चाडपर्व सम्पूर्ण दिदिबहिनी जम्मा भयर भेटघाट नाचगान गरेर रमाइलो गर्न पाउने हुनाले तिज नेपाली महिलाहरुकाे लागि महत्त्वपूर्ण चाड भयकाे बताउँछन् महिला दिदिबहिनीहरु त्यसाे त लमजुङमा विभिन्न जात जाति भाषा भाषि धर्म संकृति प्रति अास्था राख्ने जाे सुकै भयपनि लमजुङमा सामाजिक सद्भाव , जातीय सद्भाव , धार्मिक सद्भाव बलियो छ जुनसुकै चाडपर्व मा पनि सबैकाे सद्भाव सहभागिता रहन्छ । लमजुङ प्राकृतिक स्रोत साधनकाे साथै धर्म संकृति परम्परा , रितिरिभाज माैलिकतामा पनि त्यत्तिकै धनी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।