0 COMMENTS

 रमिला बस्नेत,उदयपुर,भदौ ३ । उदयपुरको बेल्टारमा रामबहादुर खड्काले पालेका दश अाेटा खसीहरू अज्ञात राेगकाे कारण  मरेका छन ।  

 ब्यापारी राम बहादुर खड्काको करिब दुई लाख बराबरको खसी एकाएक मरेपछि व्यापारी खड्का चिन्तामा परेका छन् । लगभग नजीकीदै गरेकाे  हिन्दुहरूकाे माहान चाड बिजया दशमी तथा दीपावलीकाे मुखमा यसरी अाफुले पालेकाे  खसी एकाएक मरेपछि अहिले अाफुले ठुलो घाटा ब्यहाेर्न परेकाेले अाफु चिन्तीत रहेकाे  खड्काले बताए। बेल्टारमा चालिस वर्ष अगाडी देखिनै खसी व्यापार गर्दै अाफ्नाे गुजारा चलाउदै अाएका खड्का अाफुले खाइ नखाइ पलेकाे खसीहरू के कारण मरेकाे हाे अाफुलाइ थाहा नभएकाे बताएकाछन ।

अाफुले खसी ब्यापारबाटनै घर खर्च लगाएतका गुजारा चलाउदै अाएकाेमा खाेरकाे खसीहरू एकाएक मरेपछी उनलाइ अब दशै तिहार लगाएतका चाडपर्व समेत कसरी मनाउने भन्ने चीन्ता ले सताएकाे छ उनले  विलाैना गर्दै भने यो समस्या गरिबलाई मात्रै पर्दाे रहेछ । तिजकाे मुखमा अकस्मात खसी मर्नुले अाफु अत्यन्तै मर्माहत भएकाे बताए । तर खसी किन के कारणले मर्याे यो भने समस्याको विषय भएको अाफुले यसै भन्न नसक्ने र यसकालागी अाफुले पशु विषेशज्ञ लाई देखाउने व्यापारी खड्काले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।