0 COMMENTS

लामाे समयपछि मुलुकमा स्थानीय निकायकाे निर्वाचन सम्पन्न भयकाे छ बिभिन्न संका उपसंका र विभिन्न सतन्तुष्ट पक्षहरुकाे बिराेधका बिच सम्पन्न स्थानीय निकायकाे निर्वाचन बाट प्राप्त जनमतकाे विश्लेषण गर्दा अाम नेपाली नागरिकहरुले राष्ट्रियताकाे पक्षमा मतदान गरे । देशकाे राष्ट्रिय एकता , सार्बभौमसत्ता , भाैगाेलिक अखन्डता , स्वाधिनता , स्वाभिमानकाे पक्षमा नागरिकहरु छन् भन्ने देखिन्छ ।

नेपाली राजनीतिकाे रिमाेट कन्ट्रोल बिदेश छ भन्छन् नेपालका जिम्मेवार नेताहरूनै नेपालकाे नयाँ सम्बिधान प्रति अाफ्नाे असन्तुष्टि जाहेर गर्दै छिमेकी देश भारतले लगायकाे नाकाबन्दी बेला अाेलि सरकारले अाम नेपाली नागरिकहरुलाई स्वाधिनता र स्वाभिमानकाे पक्षमा सहयाेग गर्न अपिल गर्याे फलस्वरूप लामाे नाकाबन्दीमा पनि अामनागरिकले सरकारकाे साथ दिय । भारत संग नझुक्ने भन्दै भारतीय एकाधिकार ताेड्न चिनसंग गरियकाे पारबाहन सम्झाैता अाेलि सरकारकाे महत्त्वपूर्ण काम रह्याे जसले स्थानीय निकाय निर्वाचनमा राम्रो प्रभाब पार्याे ।

चिनसंगकाे सम्झौता पछि रुष्ट भयकाे दक्षिण छिमेकीले अाेलि सरकार ढाल्न सफल भयाे । स्थानीय निकायकाे निर्वाचनमा ए मा ले लाई पत्तासाफ पार्ने उद्देश्यका साथ गठन भयकाे कांग्रेस माअाेबादि गठबन्दन लाई मधेसबादिहरुकाे पुर्ण समर्थन रह्याे । दुई चरणमा गरियकाे निर्वाचनमा पहिलो चरणमा ए मा ले पहिलाे पार्टी बनेपनि दाेस्राे चरणकाे निर्वाचनमा ए मा ले शून्य जस्तै हुने धेरैको ठम्याइ थियाे किनकि ए मा ले मधेस बिराेधि र खाेक्राे राष्ट्रबादि हाे भन्ने अाराेप लागेकाे थियाे हुनत २०५१ सालमा अाफ्नाे गाउँ अाफै बनाउ सामाजिक सुरक्षा भत्ता जस्ता राम्रो कार्यक्रम काे छाप नागरिकहरुले भुलेका थियनन् । एकातिर संबिधान संसाेधनकाे बिषयमा पनि ए मा ले टसमस देखियन राष्ट्रियता कमजाेर हुने भन्दै संबिधान संशोधन गर्न नहुने अडान राखेको ए मा ले काे पक्षमा नागरिकहरुले मतदान गरे ।

पहाडमा ए मा ले पहिलाे भयपनि मधेसमा नामाेनिसान मेटिने धेरैको अड्कल काे बिपरित दाेस्राे चरणकाे निर्वाचनमा पनि ए मा ले पहिलो बनेपछि कांग्रेस माअाेबादि मधेसबादि लगायत का राजनीतिक दल राजनीतिक बिश्लेषक साथै अाम नागरिकहरुपनि अचम्मित छन् यै जनमतलाई अाधार मान्दा बाँकी रहेको २ नं प्रदेशमा पनि उसैकाे जित हुने निश्चित छ । संविधान सभाकाे निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेस देशमा राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेलेको माअाेबादि र पुराना राजनीतिक दलकाे बिकल्प दिन तयार रहेका नयाँ पार्टीहरुलाई मत नदियर किन ए मा ले लाई मतदान गरे नागरिकहरुले ? यसकाे विश्लेषण हुन अाबस्यक छ । सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जितेकाे भन्ने अबस्था पनि छैन । ए मा ले साँच्चै राष्ट्रबादि हाे या हाेईन याे त अागामि दिनले देखाउला तर नागरिक मा राष्ट्रप्रति अाघात माया छ ।

जनमतलाई बिश्वास गर्ने हाे भने ए मा ले राष्ट्रबादि हाे तर ए मा ले अन्य राजनीतिक दलभन्दा राम्रो हाे यसकाे मत्लब ए मा ले गंगाजल जस्तै भने हाेईन पछिल्लो समय अाम नागरिक मा राम्रो छाप पार्न सफल भयपनि बिगत हेर्दा अन्य राजनीतिक दलजस्तै यसकाे पनि अालाेचना गर्ने ठाउँ छ । बिगत जेजस्तो भयपनि राष्ट्रियता र स्वाधीनता पक्षमा उसकाे अडान ठिक छ यद्यपि पार्टी भित्रकाे गुट , पार्टीका नेताहरूकाे बिलासि जिबनशैलि , पार्टीमा माैलाउदै गयकाे ब्यक्ति वाद , निति बिचार सिद्धान्त बिहिन बन्दैगयकाे पार्टी अादि समस्या छन् । कम्युनिस्ट पार्टी बिचारकाे पार्टी , गरिब जनता काे हितमा काम गर्ने पार्टी नेताहरू पदिय माेहमा फस्न हुदैन र जिबनशैलिपनि सामान्य हुनुपर्छ तर ए मा ले पार्टी र तिनका नेताहरुमा त्यस्ताे त्याग देखिदैन । पुराना राजनीतिक दलहरुकाे बिकल्प दिन नयाँ नयाँ शक्ति जन्मिने क्रम छ यस्तो परिस्थितिमा ए मा ले पार्टीले अाफुलाई धेरै सुधार गर्न अाबस्यक देश र नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर निस्वार्थ राजनीति गर्न अाबस्यक छ । कम्युनिस्ट पार्टी कम्युनिस्ट काे बिचार र सिद्धान्तमा चल्नसक्नुपर्छ हिजाे जनतालाई मिठाे सपना बाँडेर झुक्यायकाे माअाेबादिकाे हालत जनताले कस्तो बनाय यसबाट शिक्षा लिन अाबस्यक छ । संविधान सभामा दाेस्राे दल बनेको ए मा ले पछिल्लो राष्ट्रबादि अडानले गर्दा स्थानीय निकायमा राम्रो सफलता हात पार्याे अब केन्द्रीय र प्रादेशिक निर्वाचनमा अाफ्नाे बलियाे उपस्थितिका लागि अब ए मा ले एकजुट भयर अघिबढ्न सक्याे भने पक्कै सफलता हात लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।