0 COMMENTS

काठमाडाैं, भदाै ३/ भारतले नेपालका बाढीपीडितलाई राहतस्वरूप ४० करोड रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी भारतीय प्रधानमन्त्रीले सो सहयोग घोषणा गरेका हुन् । चीनले चार दिनअघि १० करोड रुपैयाँ (१० लाख डलर) अनुदान सहयोगको घोषणा गरेको थियो । चीनले घोषणा गरेकोभन्दा यो चारगुना बढी रकम हो । प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले यो जानकारी दिएका हुन् । भारतको मन्त्रिपरिषद्ले नेपाललाई अनुदानस्वरूप यो रकम दिने निर्णय भएको देउवालाई जानकारी गराइएको छ । याे समाचार अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैं ।

‘शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड भारुबराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ प्रधानमन्त्री देउवाका वरिष्ठ मिडियाविज्ञ गोविन्द परियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियारका अनुसार मोदीले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारलाई समवेदना व्यक्त गरे ।

‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतकार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,’ प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि गरेको ट्विटमा उल्लेख छ । मोदीले पनि सामाजिक सञ्जाल ट्विटरमा देउवासँगको टेलिफोन संवादबारे जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवा बुधबार भारत जाँदै
प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । देउवालाई राष्ट्रपतिभवनमा राख्ने व्यवस्था गरिएको छ भने सरकारी अधिकारीलाई भारतको ताजमानसिंह होटेलमा राख्ने व्यवस्था भएको परराष्ट्र स्रोतले जनाएको छ । बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा देउवा र भारतका प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री देउवा आन्ध्रप्रदेश र पटना भ्रमणमा जानेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।