0 COMMENTS

रमिला बस्नेत उदयपुर ,साउन १/उदयपुरको बेल्टारमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ ।

देशभरि परेको अविरल वर्षले देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा खाध्यान लत्ताकपडा लगाएत अती अाबश्यक बस्तुहरूकाे अभावलाइ परिपुर्ति गर्दै बाढीपीडीतहरूकाे जीवन रक्षाका लागी उदयपुरको बेल्टारमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन  अभियान थालेको स्ववियु सभापति प्रताप सिह राईले बताएका छन् ।

राहत संकलन बेल्टारकाे हाट बजार पसल स्कुल संघ संस्थामा गरिने अर्का अभियान्ता सुरज बस्नेतले जानकारी दिएका हुन ।विहिवार बाट थालिएको राहत संकलन कार्यक्रम शुक्रबार सम्म गरिने अभियान्ता बस्नेतले बताएका छन् । उक्त संकलित रकम जिल्ला तथा जिल्ला बाहिर कावास्तविक पिडितहरूकाे पहिचान गरि हस्तान्तरण गरिने स्ववियु सभापति राईले बताएका छन् । अागामी दिनहरूमा सयुक्त विद्यार्थी संगठनले यस्तै सामाजिक काममा सक्रिय रहने कुरा सभापति सिह राईले हामीलाइ जानकारी  जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।