0 COMMENTS

लगातारको झरिकाे कारण अाएकाे बाढिले सिङ्गो तराई जलमग्न भयाे बिगतमा नेपाल भारत बिच भएकाे सम्झौताकाे कारण सिङ्गै तराई डुबानमा पर्दा समेत बाँधकाे ढाेका खाेल्न नसकेका कारण ठुलाे धनजनकाे क्षति भयाे ।

तराईवासि एतिबेला साेकमा छन् कतिले अाफ्ना परिवार गुमाए कतिकाे गाँस बाँस कपास गुम्याे यतिबेला पिडितहरु सहाराको अाशमा छन् पिडितहरुकाे सहयोगकै लागि विभिन्न संघ संस्थाहरुकाे साथै सरकार पनि राहत तथा उद्धारमा जुटेकाे छ तर पिडितहरु खाना लाउन सफा पिउने पानी बस्ने अाेत र अाैषधि उपचारकाे अभाव भएकाे कुरा संचार माध्यम मा अाएकाे छ ।

देशैभर बाढीपीडितका नाममा सहयोग संकलन भइरहेकाे छ त्यसाे त सरकारि अधिकारीहरुले पनि उद्वार र राहतमा सहयोग गर्न कन्जुस्याइँ गरेनन् कतिले हेलिकप्टरबाटै हात हल्लाएर , कतिले जिल्ला प्रशासन नै पुगेर कतिले ईटा अाेच्छाएर हिलाेमा नटेकि निकै अप्ठ्यारो संग हिंडेर पनि बाढीपीडितहरु लाई सहयोग गरे कतिले दलबल सहित फुलमालाले सजिसजाउ भयर बाढीपीडितहरु माथि परेकाे दु ख काे अबलोकन गरे कतिले तराई नझरिकनै काठमाडौं बाटै पिडित प्रति दु ख ब्यक्त गरे । सामाजिक संजालका तस्बिर , टि भि च्यानल र पत्रपत्रिकामा छापियका तस्बिर हेर्दा लाग्थ्यो बाढिकाे पिडामा रहेका तराईबासिहरुलाई अब राहतकाे भेलले बगाउछ ।

नेपाली चेलिहरुले पनि तिजकाे दर खाने खर्च बाढीपीडितलाई दिनेकुरा सामाजिक संजालभरि फैलियाे फेरि अर्को फरक शैली पनि देखियो नेपाल प्रहरी , शसस्त्र प्रहरी , सेना र समाजसेवी सिताराम कट्टेल ( धुर्मुस ) अाफ्नाे ज्यानकाे बाजि राखेर बाढिमा डुबेकाहरुलाई उद्वार गरिरहेका थिय पिडितहरुलाइ गाँस बाँस र कपासकाे ब्याबस्था गर्न मरिमेटि लागिरहेका थिय फरक यत्ति थियाे काेहि गरिरहेका थिय काेहि भनिरहेका थिय । देशैभर राहत संकलन गरियकाे तस्बिरहरु देखियकाे छ अाशा छ राहतको सदुपयोग हाेस् पिडितहरुले खान पाउन , लगाउन पाउन , बस्ने बाँस बनाेस् , अाैशधि पाउन् , सफा पिउने पानी पाउन , राहतमा ठगि नहाेस् सडेगलेका सामान नपरुन , स्वार्थको सहयोग नहाेस् हाम्रो कामना छ तर याे बाढीले हामीलाई प्रश्न पनि साेधेर गयकाे छ डुवानमा हुदा पानिकाे निकास दिन किन असफल भईयाे ? नेपालका सरकारि अधिकारी बाेले जस्तो काम गर्दैनन् किन ? सहयोगमा पनि राजनीति हुन्छ किन ? याे प्रश्नको उत्तर हामिले खाेज्नुपर्ने छ किनकि फेरि अापद पर्दा यस्तो नहाेस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।