0 COMMENTS

 रमिला बस्नेत, उदयपुर,भदौ १/उदयपुरको बेल्टारमा महिलाकालागी पाँच दिने उद्घाेषण तथा नेतृत्व विकास तालिम कार्यक्रम संञ्चाल  ।महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घघाेषण साथै नेतृत्व विकास तालिम सुरु भएको छ ।

गाउँमा महिलाले अाफ्नाे हकहितका निमित्त समुहमा अाफ्नाे अावाज उठाउन नसकेको भन्दै सफलता महिला समुहको अायाेजनामा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमकाे उद्घाटन समारोह वडा अध्यक्ष सन्तोष सुवेदी सफलता महिला समुहकी अध्यक्ष मनु कार्की प्रशिक्षक टम्पसेर राई चित्रकुमार कार्की लगाएतले दिप प्रजलन गरि उद्घाटन गरेका छन् । विहिवार बाट सुरु भएको कार्यक्रम साेमबार सम्म चल्ने सफलता महिला समुह अध्यक्ष मनु कार्कीले बताएकि हुन ।

कार्यक्रममा ३० जना महिला सहभागी रहेका छन् । उक्त कार्यक्रम लक्ष्यित महिला वडा समितिको सहयोग र सफलता महिला समुहको अायाेजनामा संचालन भएको हो ।यस्तै कार्यक्रमकै अवसरमा बाेल्दै अध्यक्ष कार्कीले अागामी दिनहरूमा अझै महीलाहरूकाे लागी जीवन उपयोगी तालिम संचालन गरिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।