0 COMMENTS

हेटौँडा, १ भदौ०७४ /राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ ।भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिनुभयो ।पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताउनुभएको छ । पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन आज हेटौँडा आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।