0 COMMENTS

राम सिह धामी साउन ३२ दार्चुला /दार्चुला जिल्लालाई साँस्कृतिक रुपमा दुहुँ मार्मा लेकम र व्याँस गरी मूख्य चार गर्खाको रुपमा विभाजन गरी भेग अनुसारको संस्कृति मनाईन्छ । दार्चुलाको मार्मा क्षेत्रमा भाद्र १ गते अर्थात् भोली गबे तिहारको नामले पर्व मानाउने चलन छ । मार्मा क्षेत्रमा पहिले पहिले खेतमा लगाइएको पिडालुको गाभा खान सुरु गर्ने चलन रही आएकाले यो पर्वलाई गबे तिहार सिन भन्ने गरिएको बुढापाकाहरुले बताउने गरेका छन् । यही पर्वको अबसरमा नौगाढको होपरीमा भाद्र १ गतेदेखि २÷३ दिन सम्म मेला समेत लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिमेलि भाकामा डेउडा खेल्ने चलन पनि छ ।

साउन महिनालाई कालो महिनाको रुपमा मानिने प्रचलन रहिआएको छ । देवताहरु कैलाश जाने र त्यहाँ पाशा खेल्ने गरेको र गाउँमा राक्षशको विगविगी हुने भएकाले साउन १ गते घरका झ्याल ढोकाहरुमा काँडा राख्ने प्रचलन पनि छ ।

त्यस्तै दुहुँ क्षेत्रमा भोली भाद्र १ गते गाउँभरीका धामी झाँक्रीहरु गाउँको भण्डारी घरमा जम्मा हुने र यो बर्षको बैद्धिक नतिजा सुनाउने प्रचलन छ । खेतीपाती, गोरसपात, शुखशान्तिका बारेमा बर्ष कस्तो रहने सो का बारेमा धामी झाँक्रीले बताउने गर्दछन् । साथै कैलाशमा बस्दा देवताहरुले पाशा खेल्ने र जित हुने देवताको क्षेत्रमा शुखशान्ति हुने । हार हुने देवाताको क्षेत्रमा विभिन्न प्राकृतिक विपत्ती देखि कष्टबढ्ने विस्वास पनि जनमानसमा रहेको छ । जिल्लाको लेकम क्षेत्रमा साउन मसान्त अर्थात आज बेलुकी घरमा विभिन्न खानेकुराका परिकार पकाउने, परिवारका सदस्य एक ठाउँमा जम्मा भएर रमाईलो गरी साउने तिहार मनाइन्छ । पुस महिनामा मनाईने पुसे तिहार ठुलो र साउने तिहारलाई सानो तिहारको रुपमा पनि मनाईने गरिन्छ ।

त्यस्तै भोलीकै दिन व्याँस क्षेत्रमा बस्ने दार्चुला जिल्लाका व्याँसी सौका समुदायले पनि आजका दिन परिवारका सदस्यमाझ मिठा खानेकुराको परिकार बनाएर खाने र भोली नयाँ अन्न चाख्ने प्रचलन रहेको छ । भोलीकै दिनबाट राक्षश र दुःखका दिन अन्त्य भई धार्मिक कार्य गर्न शुभ मान्दै पर्वहरुको सिजन सुरु भएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।