0 COMMENTS

मेलम्ची, ३२ साउन०७४/तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् । 

रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो मेलम्ची, उद्योग वाणिज्य संघ मेलम्ची, प्रगती अंग्रेजी मावि, मेलम्ची कम्युनिटी स्कुल एवं रेडक्रस सोसाइटीलगायतको सक्रियतामा राहत संकलन सुरु गरिएको हो । 

मेलम्ची बजारका विभिन्न व्यवसायी तथा बटुवाहरुले आफूले सकेको सहयोग रकम उपलब्ध गराएका थिए । भूकम्पमा आफूहरुलाई टाढा टाढाबाट राहत पठाएर सहयोग गरिएको र आफूहरुले पनि मानवियताको भावनाले सहयोग संकलन गरी पठाउन लागिएको राहत संकलनमा सहभागी मेलम्ची नगरपालिका–११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिुनुभयो । 

उक्त समूहले आज मात्रै रु ८१ हजार सातसय दुई रुपैयाँ संकलन गरी वडाअध्यक्ष दुलालमार्फत रेडियो मेलम्चीका अध्यक्ष सरोज ढुंगानालाई हस्तान्तरण गरेको छ । संंकलन भएको एकमुष्ट रकम तराईका बाढी पीडितसम्म पुर्याइने रेडियो मेलम्चीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।