0 COMMENTS

राम सिह धामी साउन ३२ दार्चुला /भारतको पीथौराथढ जिल्ला अन्तरगत धारचुला तहशिल देखि १८ किलोमिटर उत्तरमा रहेको कैलाश मानसरोवर पदमार्ग निजीकैको मालपा क्षेत्रमा सोमबार बिहान भीषण वर्षाका कारण पहिरो खसेपछि दुई नेपाली सहित १७ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी ज्यान गुमाउने नेपालीहरुमा व्याँस गाउँपालिका वडा नम्बर ५ स्याकुँका आनसिँह धामी र ठेगाना नखुलेका मिनबहादुर रोकाया रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो ।
त्यसक्षेत्रमा भारतीय सञ्चार माध्यमले काम नगर्ने हुँदा नेपालतीरको नेटवर्कबाट जानकारी लिन त्यसक्षेत्रमा नेपाल टेलीकमको स्काई टावर सुचारु गरिएको पनि जिल्ला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभयो । मालपा देखि घटियाबगडसम्ममा ३ ओटा होटेल, ४ पसलहरु बगाएको छ भने सीमखोलामा रहेको मोटरेबल पुल समेत बगाएको छ ।

त्यसैक्षेत्रमा नेपालीहरुपनि खच्चड मार्फत भारीबोक्ने र त्यतै होटेलमा बस्ने गरेकाले पहिरोमा परी उनीहरुको पनि मृत्यु भएको हो । त्यस्तै घटियाबगढमा रहेको भारतीय सेनाको क्याम्पमा समेत क्षेति हुनुको साथै ३ ट्रक समान, दर्जनौ सावरी साधनहरु बाढीले बगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ठाउँठाउँमा पहिरो खसेकाले राहात सामग्री वितरण तथा उद्धार टोलीको गाडी समेत जान नसक्दा समस्या भईरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।