काठमाडौं३१, साउन ०७४/दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् ।
करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ ।
जीबी रोडस्थित एक वेश्यालयमा छापा मार्ने क्रममा ती महिला फेला परेको बताइएको छ । पीडित महिलाको पहिचान खुलाइएको छैन । ती महिलालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनलाई दुबईमा रोजगारी दिलाइदिने आश्वासन दिएर नेपालबाट दिल्ली ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्