0 COMMENTS

कल्पना बोहरा,साउन ३१, अछाम/अछाम जिल्लामा दशौँ जिल्ला स्तिरिय सुचना दिवस मनाईने भएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले दशौँ सुचना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा २७ मा उल्लेख भए बमोजिम आम नागरिकले सहज रुपमा सुचना पाउने व्यावस्था भए अनुसार नागरिकले सुचना पाउने व्यवस्था रहेको छ । बैठकले सुचनालाई प्रभावकारी बनाउन सो दिवस मनाउन लागिएको हो ।

सुचना दिवस भाद्र ३ गते भएपनि सो दिन शनिबार परेकोले दिवस २ गते नै मनाउने मनाउने निर्णय गरेको छ । बैठकले प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट संयोजक र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सबै गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकारहरु र सुचना सम्बद्ध सबै सदस्य रहने गरी एक आयोजक समिति पनि गठन गरेको छ ।

समितिले आम नागरिकहरुले सहजै रुपमा सुचना प्राप्त गर्न सहयोग पुर्याउने उद्धेश्यका दिवस मनाईने जनाएको छ । बैठकले दिवस प्रभाबकारी रुपमा बनाउन र अन्तरक्रिया कार्यक्रमको सञ्चलनका लागि स्थानिय सस्थालाई व्यवस्थापनको जिम्मा दिने निर्णय पनि गरेको छ । बैठकमा जिल्ला स्थिीत सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।