0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ३१/ उदयपुरको गाईघाटमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ ।
देशभरि परेको अविरल वर्षको कारण देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा खाध्यान लत्ताकपडा लगाएतकाे अभावहरू लाइ तत्काल परिपुर्तिका लागी सयुक्त विद्यार्थी संगठनले  अभियान थालेको त्रिजब क्याम्प इन्चार्ज प्रवेश ठकुरीले बताएका छन् ।
राहत संकलन उदयपुरको विभिन्न पसल स्कुल संघ संस्थामा गरिने इन्चार्ज ठकुरीले बताएका हुन । शनिबार बाट थालिएको राहत संकलन कार्यक्रम मंगलबार सम्म गरिने ठकुरीले बताएका छन् । यस्तै उक्त संकलित रकम जिल्ला तथा जिल्ला बाहिर हस्तान्तरण गरिने ठकुरीले जानकारी दिएका हुन् । अागामी दिनहरूमा समेत यस्तै सामाजिक काममा सक्रिय रहने इन्चार्ज ठकुरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।