0 COMMENTS

राम सिह धामी ३१ साउन दार्चुला /दार्चुलाको अपि हिमाल गाँउपालिकामा १० हजार क्वीन्टल चामल आपुर्तिको माग गरिएको छ ।

आज बसेको गाँउ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७४÷७५ मा १० क्वीन्टल चामल र ५ हजार क्वीन्टल नुनको आपुर्ति गर्न नेपाल सरकार संग माग गर्ने निर्णय गरेको हो ।हाल सम्म एक वर्षको अवधिमा ४ देखि ५ हजार क्वीन्टल खाद्यान्न नेपाल खाद्य संस्थानबाट खण्डेश्वरी क्षेत्रमाआपुर्ति आएकोमा खाद्यान्नको आपुर्ति दोब्बर बढाउन माग गरिएको हो ।

यो वर्ष स्थानीय खाद्यान्न उत्पादन घट्ने र गाँउ पालिकाको क्षेत्र बढेकोले खाद्यान्न आपुर्ति बढाउन माग गरिएको अपिहिमाल गाँउ पालिकाका अध्यक्ष डि एन घाजिरेलले बताउनुभयो  अपि हिमाल गाँउ पालिकाको क्षेत्रमा साविकका घुसा र खण्डेश्वरी गाविसको सम्पूर्ण भूगोल पर्दछ भने साविकको सितोला गाविस र गुल्जर गाविसका केही वडा पनि अपि हिमाल गाँउ पालिकाको नयाँ संरचनामा पर्दछन् । अपि हिमाल गाँउ पालिकाको आजको बैठकले गाँउ कार्यपालिका उपाध्यक्ष उर्मिला बोहराको अध्यक्षतामा ३ सदस्यीय न्यायिक समितिगठन गरेको छ । न्यायिक समितिमा पोखर सिह रोकाया र नन्ता ठेकरे सदस्य छन् । गाँउ कार्यपालिकाको सर्व सम्मत बैठकले न्यायिक समिति गठनको निर्णय गरेको अध्यक्ष डि एन घाजिरेलले जानकारी दिनुभयो । अपि हिमाल गाँउ कार्यपालिकाको यो दोस्रो बैठक हो । अपि हिमालको पहिलो बैठक साउन १८ गते बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।