0 COMMENTS

राम सिह धामी ३१ साउन दार्चुला /स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीहरु निर्वाचित भएर काम थालीसकेका स्थानीय तहहरुमा अहिले बस्ती स्तरबाट योजना माग गर्न बस्ती भेला चलिरहेका छन् ।

कुनै ठाउँमा बस्ती भेला सम्पन्न भएका छन् भने कुनै ठाउँमा अहिले चलिरहेका छन् । यसैबीच आज व्याँस गाउँपालिका वडा नम्बर ४ र लेकम गाउँपालिका वडा नम्बर ४ मा बस्ती भेला सम्पन्न भएको छ । व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष संग्रामसिह विष्टको अध्यक्षतामा भएको बस्ती भेलामा त्यसक्षेत्रका स्थानीयले विभिन्न २५ वटा योजनाहरु माग गरेका छन् । बढी जसो बाटोघाँटो, विद्यालय भवन निर्माण र बृक्षारोपणलाई प्राथमिकता दिएको सुन्सेराबाट   मानसिह कुवरले जानकारी गराउनु भयाे।

त्यस्तै लेकम गाउँपालिका वडा नम्बर ४ मा पनि आज बस्ती भेला सम्पन्न भएको छ । वडा अध्यक्ष महेन्द्रराज जोशीको अध्यक्षतामा भएको भेलाले विभिन्न ५३ योजना माग गरेको खरकडा बाट दिपक दमाईले बताउनुभयाे । ती मध्ये खानेपानी, तथा सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिईएको छ । त्यस्तै नौगाड गाउँपालिका ४ सिप्टीको पहिलो वडा भेला सम्पन्न भएको छ । वडा स्तरीय भेलाले वडा नम्बर ४ सिप्टीका कृषि, स्वास्थ्य, शिक्षा, यातायात, बृक्षारोपण लगायतका योजनाहरु अन्तरगत ७३ योजनाहरुको माग गरिएका छन् । गाउँपालिकाको लागि एउटा जेसिबी र एउटा टिप्पर खरिदे गर्ने निर्णय समेत गरिएको छ । वडाध्यक्ष नन्दनसिँह धामीको अध्यक्षता एवं प्रहरी चौकी सिप्टीका ईन्चार्ज मोहन बहादुर सिँहको प्रमुख आतिथ्यतामा बसेको पहिलो वडास्तरिय भेलाले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका प्रत्येक वडाहरुमा सडक सञ्जाल पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । साथै वडाभित्र रहेका विद्यालयमा शिक्षक अभाव तथा भवन अभावको समाधान गर्न गाउँपालिकालाई आनुरोध गर्ने निर्णय समेत गरिएको छ । सामाजिक परिचालक जहेन्ती ठगुन्नाले सञ्चालन गर्नु भएको वडास्तरीय भेलामा वडाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।