0 COMMENTS

 धनकुटा ३१साउन ०७४/ जिल्ला समन्वय समिति (जिसस) धनकुटामा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ ।

अन्य दलका प्रतिस्पर्धी नै नभएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।धनकुटाका सातओटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो ।समन्वय समितिको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलादेवी राई चुनिएका जनाइएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले मंगलबार एक कार्यक्रमको आयोजना गरी जिसस प्रमुख, उपप्रमुखसहितका निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ ।निर्वाचित पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।