0 COMMENTS

बाबियाचौर(म्याग्दी), ३१ साउन०७४/ बेनी नगरपालिका– ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै रु तेह्र लाखभन्दा बढी भेटी संकलन भएको छ ।

साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पूजार्चना र दर्शनका लागि आएका भक्तजनले रु १३ लाख सात हजार ५२७ भेटी चढाएका हुन् । यस वर्षको साउनमा पाँच सोमबार परेका थिए ।

पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाैं सोमबारका दिन क्रमशः करिब रु एक लाख ९२ हजार, दुई लाख ७४ हजार, तीन लाख दश हजार, एक लाख १४ हजार र चार लाख १५ हजार भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।
गत वर्ष साउनका पाँच सोमबारमा करिब रु ११ लाख ७५ हजार भेटी संकलन भएको थियो । गलेश्वर मन्दिरमा संकलन हुने भेटी साप्ताहिक र मासिक रुपमा सार्वजनिक गरिँदै आएको छ ।

यस वर्ष साउन सोमबारका दिन पूजाआजा र दर्शनका लागि एक लाख ५० हजार भक्तजन आएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । संकलित भेटी कोषको खातामा जम्मा गर्नाका साथै मन्दिर परिसरमा पूर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन हुँदै आएको छ ।

कालीगण्डकी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । मुिक्तनाथ प्रवेशद्वार मानिने गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।